एजेन्सी । बलिउड चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया गम्भिर प्रकृतिको रोगका सिकार बनेका छन्। उनी दुबैलाई डेंगु देखिएपछि अस्पताल भर्ना गरिएको छ।

मिडिया रिर्पोटका अनुसार केही दिनदेखि दुबैको स्वास्थ्य अवस्था ठिक थिएन्। त्यसपछि उनीहरु मेडिकल चेकजाच गर्न गएपछि दुबैलाई डेंगु भएको पुष्टी भएको थियो। दुबैलाई डेंगुको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो। दुबैको अहिले मुंबईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु दुबै स्वास्थ्यमा सुधार नभए सम्म अस्पतालमै चिकित्सिको निगरानीमा रहने समाचारमा उल्लेख छ।