एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीको रनहोला इलाकामा विचित्रको घटना सार्वजनिक भएको छ। यहाँकी एक गर्भवती पत्नीले किस (चुम्बन) गर्दा आफ्नो पतिको जिब्रो नै टोकिदिएकी छन्।

भारतीय संचारामाध्यमका अनुसार श्रीमान राम्रो नभएका कारण श्रीमती उनीदेखि खुशी थिइनन्। श्रीमान श्रीमतीबीच बेला बेलामा झगडा भइरहन्थ्यो। प्रहरीका अनुसार श्रीमानको २२ वर्षीया श्रीमतीसँग झगडा भएको थियो। तर पछि उनीहरुबी सहमति पनि भएको थियो।

त्यसपछि श्रीमानले श्रीमतीलाई किस गर्दा श्रीमतीले श्रीमानको जिब्रो टोकेर आधि छिनाइ दिएकी छन्। श्रीमतीसँग किस गर्दा श्रीमानले आफ्नो आधा जिब्रो गुमाउनु परेको छ।

अहिले उनको दिल्लीस्थित सफदरगंज अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। आधा जिब्रो गुमाएका उनी फेरि बोल्न सक्ने नसक्ने बारेमा डाक्टरले पनि केही बताउन सकेका छैनन्। श्रीमानको जिब्रो टोक्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। आठ महिनाकी गर्भवती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुबीच २० नोभेम्बर २०१६ मा विवाह भएको थियो।