हाम्रो भान्सामा दैनिक जसो प्रयोग हुने लसुन खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। लसुनमा फाइबर र पोटासियम जस्ता तत्वहरु हुन्छन् । यसकारण एक पोटी लसुन विहान खाली पेटमा खानाले पाचन प्रणालीमा देखिएको समस्या हट्छ । दैनिक भान्सामा बनाईने तरकारीलाई स्वादिष्ट बनाउन पनि लसुन प्रयोग गर्ने गरिन्छ। लसुनले हाम्रो तरकारी मात्र स्वादिष्ट बनाउने नभई यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। तर केही व्यक्तिहरुको स्वास्थ्यलाई भने लसुनले निकै हानी नोक्सानी पुर्याउने गर्छ। आज हामी तपाईहरुलाई केही यस्ता व्यक्तिहरुको रोग बारे बताउन जाँदै छौँ जुन रोगबाट पिडित व्यक्तिहरुले लसुन खाँदा स्वास्थ्यमा ठूलो असर पर्ने गर्छ।

१ कलेजोको समस्या भएका व्यक्तिहरु : लसुनले मान्छेको पेट तथा आन्द्रामा प्रत्यक्ष असर पार्ने हुँदा कलेजोको समस्या भएका व्यक्तिहरुका लागि लसुन सेवन गर्नु उचित हुँदैन। यसको प्रभाव पेट र आन्द्रामा पर्ने भएकाले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रामा कमी आउने भएकाले हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्न जाने र वान्ता हुने ,रिंगटा लाग्ने जस्ता समस्याहरु देखा पर्ने गर्छन।

२ सर्जरी गर्ने तयारीमा रहेको व्यक्ति : सर्जरी गर्न तयारी भएका व्यक्तिहरुले लसुन खान बन्द गर्नुपर्छ। कुनै पनि प्रकारको सर्जरी गर्ने मिति तय गरेर त्यसको २ हप्ता अगाडी देखि लसुन खानु हुँदैन। यदि यो अवस्थामा लसुन खाएमा सर्जरी पश्चात शरीरमा रगत नजम्ने र घाउ पाक्ने सम्भावना हुनेछ।

३ रक्तचाप कम भएका व्यक्ति : लसुन खानाले शरिरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुग्ने गर्छ। यी रसायनहरुले मुटुको धमनीलाई आराम दिने काम गर्छ। लसुनले उच्च रक्तचाप भएका व्यक्तिहरुलाई फाईदा पुर्याउने भएपनि कम रक्तचाप भएका व्यक्तिहरुको स्वास्थ्यमा ठूलो असर पुर्याउने गर्छ।

४ झाडापखाला लागेको व्यक्ति: यदि झाडापखाला लागेको अवस्थामा लसुन खाएमा यसको पिरो स्वादका कारण आन्द्रामा घाउ हुनसक्छ। यसका साथै यस्तो अवस्थामा लसुन खाँदा य कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्।

५ आँखा सम्बन्धि रोग भएका व्यक्तिहरु : यदि तपाईलाई आँखा सम्बन्धि कुनै रोग छ भने लसुन खाने गर्नु हुँदैन। आँखा पाकेका व्यक्तिहरुले लसुन खानु सबैभन्दा ठुलो गल्ति हुनेछ किनकि यसले तपाईको आँखाबाट रगत समेत निकाल्न सक्छ। आँखा सम्बन्धि रोग हुने व्यक्तिहरुले टाउको दुख्ने ,आँखा दुख्ने आदि समस्याहरु सामना गर्नुपर्ने हुन्छ।