२०१८को फिफा उत्कृष्ट खेलाडीको अवार्ड क्रोएसियाका फुटबलर लुका मोड्रिचले हात परेका छन् ।

बिगत केहि वर्ष देखि विश्व प्रसिद्ध खेलाडी पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीले हात पार्दै आएको यो अवार्ड यस बर्ष भने क्रोएसियाका खेलाडी मोड्रिचले हात पर्न सफल भएका छन् ।

यस बर्ष मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि पार्दै उपाधि चुम्न सफल भएका हुन । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

यहि २०१८को रसियामा भएको विश्वकपमा लुका मोड्रिचको कप्तानीमा क्रोयसिया फाइनल सम्म पुग्न सफल भएको थियो । लुका मोड्रिचले गोल्डेनबल पनि जितेका थिए।