पोखरामा १० बर्षिय किशोरीको बिभत्स हत्या भएको छ । पोखरा महानगरपालिका – २२, पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा कक्षा ३ मा पढ्ने श्रेया सुनार आज बिहान मृत फेला परीन । घर भन्दा करीब १०० मिटर पर उनको शव भेटीएको थियो । श्रेया हिजो सोमबार देखी हराइरहेकी थिइन । घर बाट बिस्कुट किन्न जान्छु भनेर साझ ५ बजेतिर निस्कीएकी उनको घर नजिकैको झाडीमा शव भेटीएको हो ।

घटनास्थल र शवको अवस्था हेरेपछी स्थानियले उनको बलात्कार पछी हत्या भएको दाबी गरेका छन । पोष्टमार्टम अगाडी स्थानियहरुले उनको सम्पुर्ण मृत शरीर हेर्दा योनीमा रगत समेत देखेपछी बलात्कार पनि भएको भन्ने कुरा स्पष्ट भएको स्थानियले बताएका छन । बैदाम प्रहरीका प्रमुख तथा डिएसपी नबिन कार्कीले हत्या भएको चाही स्पष्ट देखिए पनी बलात्कारको बिषयमा पोष्टमार्टम रिपोर्टलाई नै कुर्नुपर्ने बताए । पोष्टमार्टमको लागी शवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याउन आक्रोशित स्थानियले अबरोध गरे । यि सम्पुर्ण बिषयको स्थलगत भिडियो रिपोर्ट सार्वजनिक भएको छ । कृपया तलको पुरा भिडियो हेर्नुहोस: