पोखरा,१० असोज। पोखरा महानगरपालिका -२२ पुम्दीफुम्दीको कोदीमा कक्षा ३ मा अध्ययनरत १० बर्षीय श्रेया सुनारको सोमबार बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । उनको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले पुष्टि भएको हो । लिला आधारभूत स्कुलमा कक्षा ३ मा पढ्दै गरेकी उनि सहित आमा र दिदि मामा गह्र्मा बस्दै आएकी थिइन् ।

स्कुलबाट घर आएपछि बिस्कुट किन्न हिडेकी सुनार सोमबार साझ ५ बजे देखि बेपत्ता भएकी थिइन् । हिजो मंगलबार उनेको शव घर भन्दा १०० मिटर परतिर झाडीमा उनको क्षदविक्षेद अवस्थामा शव फेला परेको थियो । उनको टाउकोमा ढुंगाले हानेको चोटहरु छन् । शरीर भरि निलडाम र घाटीमा पनि डाम थियो । साथै उनको यौनअङ्गबाट पनि रगत बगिरहेको थियो ।

घटना घटेको १६ घण्टामै अपराधिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक ओमबहादु रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टी गरेका छन् ।

हजुरआमाले पैसा दिएर बिस्कुट किन्न गएकी श्रेया बिस्कुट किनेर फर्कने क्रममा बाटोमा मादक पदार्थ सेवन गरेको अवस्थामा पौडेल भेटिएका थिए । बाटोमा एक्लै हिडिरहेकी श्रेयालाई देखेपछि पौडेलले पैसा दिए जस्तो गरेर बालिकालाई समाते च्याप्प समाउँदा श्रेया डरले कराइन चिच्याइन् । लगत्तै  पौडेलले घाँटीमा समातेर झाडिमा फालिदिए त्यसपछि करणी गरेर हत्या गरेको खुलेको छ ।