पोखरा,१० असोज  । पोखरा महानगरपालिका -२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी कुसुम पौडेल पक्राउ परेका छन् ।

सोमबार साझ पसल गएर फर्किने क्रममा निच पौडेलले बाटोमा भेटेपछि १५ रुपैया दिदैं जबर्जस्ति करणी गर्न खोजे । बालिका सुनार चिच्याएपछि धकेलेर झाडीमा फाली बेहोस अवस्थामा रहेको बालिकाको बलात्कारपछि घटना बाहिर आउने डरले घाटी थिची ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।

हिजो देखि नै यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । कास्की प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई २४ घण्टा पनि नबित्दै पक्राउ गर्न सफल भएको हो । प्रारम्भिक बयानको क्रममा पौडेलले घटनामा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

थप विवरणको लागि भिडियो हेर्नुहोस: