काठमाडौँ। धादिङ जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ वर्षीया बुहारीलाई पटक-पटक जबर्जस्तिकरणी गरेको अरोपमा ३५ वर्षीय जेठा र २९ वर्षीय माइलो दुई जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार जस्तो जघन्य अपराध दिन दिनै बढी रहेको बेला धादिङमा पनि यस्तो घटना घटेको हो । दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा जेठो र माइलो जेठाजुले करणी गरेको पिडित बुहारीको भनाई छ । पिडित बुहारीका अनुसार माइलो जेठाजुए असोज ५ गते र  जेठो जेठाजुले गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ ।