एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले सामाजिक एकताको लागि शुभकामना आदानप्रदान सम्मान साथै सहयोगात्मक साँस्कृतिक साँझ २०७५ भव्य रुपमा सम्पन्न गरेको छ। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतको पहलमा एक्सन फर सोसल चेन्जले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझ आयोजना गरेको हो। कम्तिमा ५०० जना उपस्थित भएको उक्त कार्यक्रम सोमबार साँझ ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरिएको थियो। आयोजक एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनयजंग बस्नेतले कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना भएको प्रतिक्रिया दिए। भिडियो हेर्नुहोस