बग्दाद, ६ मङ्सिर । चर्चित एवम् शीर्ष कूर्दिस नेता मासुद बर्जानीले बिहीबार इरानका प्रधानमन्त्री अदेल अब्देल महदीलाई राजधानी बग्दादमा भेट्नुभएको छ ।

गत दुई बर्षको अवधिमा उहाँहरुका बीचमा अहिले पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बर्जानीको भ्रमणले बग्दाद र इराकी कूर्दिसबीच नयाँ सम्झौता गराउनका लागि थप सहयोग पुग्न सक्ने अपेक्षा गरिएको छ ।

भेटवार्ताका बारेमा बिहीबार प्रधानमन्त्रीको कार्यालयले केहीबेर अगाडी मात्रै जानकारी गराएको थियो ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको फोटोमा बर्जानी गाडा खरानी रङको कूर्दिस पहिरनमा देखिनु भएको छ ।

बर्जानी यसअघि इराकी कुर्दसको अध्यक्ष हुनुहुन्थ्यो भने अहिले कुर्दिस लोकतान्त्रिक पार्टी (केडीपी)को नेतृत्व गरिरहनु भएको छ । यो पार्टीले गत नोभेम्बरमा भएको निर्वाचनमा ठूलो संख्यामा जीत हासिल गरेको छ ।

गत बर्ष भएको स्वतन्त्र मतदानमा पनि ९२ प्रतिशतले केपीडीलाई नै मतदान गरेको भएपनि केन्द्रीय सरकारले भने त्यसलाई मन्यता दिएको थिएन । केन्द्रीय सरकारले सो निर्वाचनलाई ‘अवैधानिक’ भनिदिएको थियो ।

उहाँहरूबीचमा केन्द्रीय सरकार तथा बजेटका बारेमा छलफल भएको इराकी अधिकारीहरूले जानकारी दिएका छन् ।

“उहाँहरूका बीचमा बजेटका बारेमा केही सहमति भएको छ,” ती अधिकारीले एएफपीलाई भने । इराकको संसदले मार्चमा बजेट पारित गर्ने गर्छ । रासस÷एएफपी