एजेन्सी। दुनियामा बेला बेला बिचित्रको खबरहरु सुन्न पाइन्छ । त्यस्तै अचम्मको खबर बेलायतबाट आएको छ । त्यहाकी एक एना नामकी महिलाले आफ्नै १६ वर्षकी छोरी आफ्नी सौता बन्दाको दर्दनाक कहानी बताएकी छिन् ।आफ्नै छोरीको आफ्नै ५९ वर्षीय श्रीमान डेभिडसंग प्रेम बसेको थाहा पाउदा नै उनको होसले ठाउ छोडेको थियो। तर उनीहरु बीच प्रेम मात्र भएन बिबाह नै भयो ।

यो घटना करिब १२ वर्ष पहिलेको हो । ५४ वर्षकी एना वाट्किन्सले बताइन् कि २००७ मा उनको जिन्दगीमा कति कठिन मोड आएको थियो । एनाका अनुसार उनले २००४ मा डेभिडसँग दोस्रो बिहे गरेकी थिइन् । त्यसपछि उनी आफ्नी छोरीसमेत डेभिडसँग बस्न थालेकी थिइन् । दोश्रो श्रीमानसंग आफ्नी छोरी पनि रहेको करिब २-३ बर्ष भएको मात्र के थियो छोरी र आफ्नो श्रीमानको सम्बन्ध प्रेममा बदलिदै गएको थियो ।

छोरी साराहले धेरैजसो समय सौतेनी पितासँग बिताउँथिन् । छोरी साराह आफ्नै सौतेनी पितासंग यत्ति प्रेममा परिन की कतै बाहिर जानु पर्यो भने डेभिडसंगै जान चाहन्थिन नकी आफ्नो आमा साराहसंग ।

एना घर नभएको बेला उनीहरु बीच अनैतिक सम्बन्ध पनि हुने गरेको सम्म उनले चाल पाइन् । सबै घटना क्रमले सिमा पार गरेपछि अन्तत साराह र डेभिड घर छोडेर भागे छन् । साराह र डेभिडले घर छाडेको २ वर्षपछि बिहे पनि गरेछन । बिहे गरेपछि साराहले जुम्ल्याहा बच्चा पनि जन्माइन् ।

छोरी र श्रीमानले जे जस्तो गल्ति गरे पनि यो घटनाको १२ वर्षपछि साराहकी आमा एनाले दुवैलाई माफ गरिदिने मन बनाइन् । तर, आफ्नी आमालाई देखेर साराह निकै नराम्रोसँग रिसाइन् र उनलाई गाडीले कुल्चने कोसिस गरिन् । अहिले एनाले आफ्नी छोरीविरुद्ध हत्याको प्रयास गरेको अभियोग लगाउँदै उजुरी दर्ता गराएकी छिन् । अन्तराष्ट्रिय मिडियामा यो खबरले निक्कै तहल्का मच्चाएको थियो ।