काठमाडौँ । इतिहास रच्दै मिस वर्ल्ड-२०१८ को फाइनलमा छोरी शृंखला खतिवडा पुगेपछि हौसला दिन उनका बुबाआमा चीन जादै छन्। अहिले सम्म कुनै पनि मिस नेपाल मिस वर्ल्डको फाइनल तहसम्म पुग्न सकेको थिएन । चीनको सान्या सहरमा जारी मिस वर्ल्ड २०१८ प्रतियोगितामा मिस नेपाल शृंखला खतिवडा ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी हुन् । शृंखला यो तहसम्म पुग्न नेपालीहरुको ठुलै हात रहेको छ ।

प्रदेश-३ की सांसदसमेत रहेकी आमा मुनु सिग्देल आफ्नो छोरीले नेपालीको नाम राखेकोमा उत्साहित हुदै चिन जाने तयारीमा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका शृंखलाका बुबा विरोध खतिवडाले भने,‘शृंखलाको हौसला बढाउन परिवारको र सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै हामी चीन जान लागेका हौँ, आशा गरौँ, हाम्रो उपस्थितिले उनको हौसला बढ्नेछ।’ उनीहरुले टिकट समेत बुकिङ गरिसकेको बताएका छन् । उनीहरु मात्र हैन अन्य आफन्तहरु पनि शृंखलालाई हौसला दिन चिन प्रस्थान गर्दैछन । टोलीमा २० जना पुगिसकेको शृंखलाका बुबा आमाले बताउनु भयो । उनीहरु आगामी बिहिबार चिन प्रस्थान गर्दैछन ।

०००

यो पनि पढ्नुहोस :

मिस वर्ल्डको फाइनलमा पुगेपछि शृंखलाले यसरी खुसीले रुदै सारा नेपालीलाई धन्यवाद दिइन (भिडियो)

काठमाडौँ मिस नेपाल वर्ल्ड शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी छिन । उनि मल्टीमिडिया अवार्डको बिजेता बन्दै मिस वर्ल्डको टप ३० मा पुग्न सफल भएकी हुन् । केहि बेर अगाडी मात्र मिस वर्ल्डको अफिसियल फेसबुक पेजबाट यो घोषणा भएको हो ।

मल्टी मिडियामा टप ३ नेपाल लगायत केन्या र मेक्सिको रहेका छन तर बाजी मारिन नेपाल शृंखला खतिवडाले । मल्टी मिडिया अवार्ड मात्र हैन शृंखलाले बिउटी विथ पर्पज अवार्ड पनि जितेकी छिन ।

मिस वर्ल्डको फाइनलमा पुगेपछि शृंखलाले यसरी खुसीले रुदै सारा नेपालीलाई धन्यवाद भनिन: