वि.सं.२०७५ साल मंसिर १९ गते । बुधबार । ईश्वी सन् २०१८ डिसेम्बर ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । योग अतिगण्ड,४३ घडि २६ पला,रातको १२ बजेर ०३ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,दिउसो १२ बजेर २१ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर १० मिनेट उप्रान्त शकुनि । तिथि त्रयोदशी,१४ घडी ०९ पला,दिउसो १२ बजेर २१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र विशाखा,५४ घडी १५ पला । आनन्दादिमा धाता योग । चन्द्रराशि तुला,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ०४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । खर्चको तुलनामा आम्दानि बढिनै हुदा आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हँुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कुनै पनि बिषयमा दिईने प्रश्तुतिले अरुको ध्यान आकर्षित गर्न नसकिने हुनाले अलि बिढनै तयारि गर्नुहोला । पारिवारिक माहोलामा जमघट भई स्वादिष्ट भोजन लिने अवसर आएपनि स्वास्थ्मा समस्या आउँन सक्छ ध्यान दिुनहोला । व्यावसायमा आम्दानि बढाउन प्रशस्त समय दिनु पर्नेछ भने लगानिनया ठाउमा लगानि गर्नको लागि केहि समय कुर्नुहोला । अध्ययनमा सफलता हात पार्न अलि बढि समय खर्चनु पर्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नालो दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेम सफल रुपमा अगाडि बड्ने समय रहेकोछ भने जीवन साथिको सल्लाह लिएर अगाडि बढ्दा नतिजा राम्रो आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । धार्मिक तथा शैक्षिक यात्राको तय हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामाना गर्नु पर्नेछ । घर परिवार तथा आफन्त सँग मनुमुटाब बढ्ने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

तपाईको दिन शुभ रहोस । ज्योतिषी तारानाथ भण्डारी