काठमाडौँ, १९ मंसिर । अमेरिकामा एक नेपाली युवकमाथि गोली प्रहार भएको खबर आएको छ । अमेरिकाको टेक्सासस्थित एप्पल स्टोर नामक ग्यास स्टेसन (पेट्रोल पम्प)मा काम गर्ने ३१ वर्षीय बिनोद जेठारामाथि गोलि प्रहार भएको हो। उनि गत बर्ष मात्र अमेरिका पुगेका थिए ।

छातीमा गोली लागेर घाइते भएका बिनोदलाई तुरुन्त सेन्ट जोसेफ अस्पताल लगिएको थियो । उनको अवस्था निक्कै गम्भीर रहेको श्रोतले बताएको छ ।

धनगढीका बिनोद जेठारा टेक्सासको ब्रायन स्थित एक ग्यास स्टेशनमा स्टोर खोल्नै लाग्दा बन्दुकधारीले गोलि हानेका थिए । गोली के कारण हाने त्यो अहिले खुल्न सकेको छैन । सामान्यतया पैसा लुट्नका लागी बन्दुक लिएर आउने भएतापनि गम्भिर घाइते जेठारालाई भने स्टोरमा ग्राहकको रुपमा आई सिधै गोली प्रहार गरेर भागेको बताइएको छ । जेठाराकी श्रीमती र छोरी अमेरिका आउने प्रक्रियामा रहेको जेठाराका जेठान दाई मोहन कुसारीले बताए ।

सैयौको संख्यामा नपालीहरु अमेरिकी ग्यास स्टेसनमा काम गर्ने गर्दछन । ग्यास स्टेसनमा काम गर्नु अमेरिकामा धेरै जोखिमपूर्ण मानिन्छ । यस अघि पनि धेरै नेपालीको गोली हानी हत्या भएको खबर आएको थियो ।