एजेन्सी । सिड्नीको ब्यस्त रेलमा यात्रा गर्ने एक कोलम्बियन बिद्यार्थी युवतीलाई उक्त रेलमा यात्रा गर्ने अर्का ब्यापारीले सम्बेदनसिल अंगमा समाई दिए पछी रेल स्टेसन मै तनाव भएको छ ।

एन्नी नाम गरकी युवतीले रुदै भनेकी छिन – ‘म रेलमा उभिएको थिए, पछाडीबाट मेरो संबेदनसील अंगमा ती व्यक्तिले समाइदिए । सुरुमा त मैले सोचे कसैको झोलाले छोएको होला भनेर तर हैन रहेछ ।’

सिड्नीको सेन्ट्रल स्टेसनमा उनले जोन नाम गरेका ति ब्यापारीलाई रुदै प्रतिकार पनि गरिन तर कसैले सहयोग गरेनन । ती व्यक्तिले मैले हैन बरु अरुनै कसैले छोएको हो भन्दै भागेको थियो । यो घटना हुदा अर्का प्रत्यक्षदर्शीले आफ्नो मोबाइलमा रेकर्ड गरेको भिडियो सार्बजनिक भएको छ । जहा एन्नीले भनेकी छिन – ‘के तिमीले सोच्छौ जसलाई पनि छुन पाउछु भनेर ।’

त्यसपछि एन्नी पुलिस रिपोर्ट गर्न नजिकैको पुलिस चौकी गएकी थिइन । एनएसडब्ल्यु पुलिसले भिडियो रेकर्डलाई हेरेर थप अनुसन्धान गर्ने जनाएको छ ।

भिडियो हेर्नुहोस :