काठमाडौं । द भ्वाइस अफ नेपालको फाइनल भन्दा एक कदम पहिल्यै प्रतिस्पर्धी सुशील गड्तौला शो बाट बाहिरिएका छन्। आइतबार प्रसारित टप ८ को प्रतिस्पर्धा पछि सुनाइएको नतिजा अनुसार गर्तौला टप ४ मा पर्न सकेनन्। भोटिङका आधारमा ८ जनाबाट फाइनलका लागि ४ जना छनोट गरिएको हो। शास्त्रीय सङ्गीतका पारखी सुशीललाई शोबाट गुमाउदा धेरै प्रसंशकहरु दुखि भएका छन् ।

आइतबारको नतिजा अनुसार गड्तौला, विवेक लामा वाइवा, श्रेया राइ र विद्या तिवारीको फाइनल यात्रा रोकिएको हो। भोटिङको आधारमा चारैजना बाहिरिए। अब चारजना कोचका एक एक जना प्रतिस्पर्धीबीच फाइनल भिडन्त दोहामा हुनेछ। कतारको दोहामा डिसेम्बर १४ तारिखमा द भ्वाइसको फाइनल हुँदैछ। फाइनलका लागि छनोटमा परेका चार प्रतिस्पर्धी हुन्- सिर्जय थपलिया, सिडी विजय अधिकार, सप्तक दूधराज र कुशल आचार्य।

द भ्वाइसको यात्रा टुङ्गिएपछि हामीले सुशील गडतौलासँग संवाद गर्यौं। शान्त र गम्भिर स्वभावका प्रतिभा सुशीलले डिसी नेपालको यो अन्तरवार्ता नै आफ्नो पहिलो मिडिया अन्तरवार्ता भएको बताए।

हेर्नोस् सुशीलको पहिलो अन्तरवार्ताः