एजेन्सी । विश्वको १९ औ धनि तथा भारतको सबै भन्दा धनि व्यक्ति मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे अर्का धनाड्य आनन्द पिरालसंग हुदैछ । भारतको उदयपुरमा उनीहरुको विवाह अगाडि गरिएको भव्य कार्यक्रममा अमेरिकी नेतृ हिलारी क्लिन्टन पनि सहभागी भएकी थिइन्। अमेरिकी चर्चित गायिका वियोन्से र सिंगो बलिउड नै उपस्थित भएको उक्त भव्य समारोह भारतीय बिबाह समारोह इतिहास कै रोमान्चक थियो ।

अम्बानी परिवारले छोरीको बिहे अगाडि दिएको उक्त भव्य पार्टीमा बलिउडका सुपरस्टार साहरुख खान, सलमान खान, आमिर खान त्यसै गरि ऐश्वर्य राय, प्रियंका चोप्रा, दिपिका पादुकोण लगायतले स्टेज तताएका थिए । बलिवुड स्टारसंगै आम्बानी परिवारले पनि कम्मर मर्काएका थिए ।

४३ खर्ब अमेरिकी डलर सम्पतिका मालिक मुकेश आम्बानीकी एक्ली २७ वर्षीय छोरी इशा आम्बनीको अर्का धनाड्य ४.५ खर्ब अमिरिकी डलरका मालिक अजय पिरालका एक्लो छोरा आनन्द पिरालसंग हुदैछ । ताज लेक प्यालेसमा आयोजना भएको कार्यक्रममा बियोन्सले हट पहिरनमा प्रस्तुति दिएकी थिइन् । उक्त समारोहमा आम्बानी पत्नी नीताले पनि नाचेकी थिइइन ।

भिडियो हेर्नुहोस :