पोखरा । पोखरामा २ ठाँउमा चोरी भएको छ । महेन्द्रपुलको हसिम मोबाइल पसलमा दिनदहाडै चोरी भयो भने रामबजारको कमल सुन चाँदी पसलमा मध्यरातमा चोरी भएको हो । मोबाइल पसलबाट ल्यापटप र ६ वटा मोबाइल चोरी भएको पसल संचालकले बताएका छन । सुनचाँदी पसलबाट २ तोला सुन, चाँदी सहित नगद समेत चोरी भएको संचालक बताउछन । दुबै पसलमा चोरी गर्दा चोरले गरेको हर्कत सिसिटीभी क्यामरामा कैद भएको छ । जहाँ चोरलाई स्पष्ट देख्न सकिन्छ । सिसिटीभि फुटेज तलको भिडियोमा हेर्नुहोस :