काठमाडौँ । मुर्तीढुङ्गा धन्कुटाकी बन्दना नेपालले निरन्तर १२६ घण्टा लाेक नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकडमा अाफ्नाे नाम लेखाउन सफल भएकी छिन् । उमेरले मात्र १७ वर्षकी तर उन्काे हिम्मतलाई भने पक्कैनै सलाम गर्न मन लाग्छ । उमेरले सानाे भएकाे हुनाले डाक्टरले यस्ताे रेकड राख्न धेरै गाह्राे हुने भन्दै वन्दनालाई राेक्न खाेजीएकाे थियाे । तर यी सबै कुरालाई नकार्दै वन्दनाले अाफ्नाे देशकाे लागि धेरै गरीन । राज्यले पक्कैपनी यती ठूलाे गुण त्यती सजिलै बिर्सदैन हाेला । नृत्य पस्किने अन्तिम अवस्थामा वन्दनाकाे स्वास्थय धेरै विग्रिएकाे थियाे । अामा बाबुले र डाक्टरले राेक्न खाेज्दापनी वन्दनाले म राेक्दीन र म मरे भने मेराे लासमा नेपालकाे झण्डा अाेडाइदिनु भनेर भनेकि थिइन् । यस्ताे अठाेट निर्णयले नै हाे याे उपलब्धि हाँसिल भयाे । बन्दनालाई धेरै धेरै बधाइ छ ।