काठमाडौँ,१२ पुष । नेपाली बजारमा आज बिहिबार बढेको छ। सुनको प्रतितोलामा १ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलामा ५९ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यसैगरी,आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले बढेको छ । बुधबार प्रतितोला ७ सय २५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ३५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।