काठमाडौँ । रोजगारीको सिलसिलामा मलेसिया पुगेको उदयपुर कटारी नगरपालिका , तिन्तलेको दुुर्गा जर्घा मगर (सेते) खाना खाएर सुतेको केही समयपछि मृत अवस्थामा फेला परेको हुन् । घर अाउनको लागि केही दिन बाकि हुदा यस्तो घट्ना भएको हो ।

सँगै बस्ने साथिहरु डिउटि बाट फर्केपछि बोलाउदा नबोलेपछि सबै जना भेला भएर हेर्दा दुर्गा मगर मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ । उदयपुर जिल्लाको इनामे गा.वि.स वडा नं १ सिद्भेटारमा जन्म भएको दुर्गा जर्घा मगर बसाइँसराइ गरेर कटारी नगरपालिका तिन्तले झरेको हुन् ।

orgbio manufacturing snd bhd कम्पनीमा काम गर्दै आएका थिए दुर्गा मगर ।