वि.सं.२०७५ साल पौष १४ गते । शनिबार । ईश्वी सन् २०१८ डिसेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि सप्तमी,०४ घडी ४९ पला,बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त अष्टमी । करण बव,बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त बालव,बेलुकी ०७ बजेर ५४ मिनेट उप्रान्त कौलव । नक्षत्र उत्तरफाल्गुनी,१८ घडी ०२ पला,दिउँसो ०२ बजेर ०८ मिनेट उप्रान्त हस्त । योग सौभाग्य,१८ घडि ५० पला,दिउँसो ०२ बजेर २७ मिनेट उप्रान्त शोभन ।आनन्दादिमा उत्पात योग । चन्द्रराशि कन्या । अष्टमी व्रत। गोरखकाली पूजा। काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने हुदा अरुभन्दा पछि परिनेछ । माया प्रेमम नजिक हुदा हुदैपनि एक अर्काको भावना बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । तपाई आफ्नै व्यवहारले आत्म सम्मानमा आघात पुग्नेछ ख्याल गर्नुहोला । व्यापारमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय कुर्नु नै राम्रो हुनेछ । हुलमुलमा बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि भने समयले साथ दिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । आफन्त तथा दाजुभाई सँग पनि घरायसि कुरामा बिवाद हुने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । अन्य कामको बोझले पढाई लेखाई प्रभावित हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धन सम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुने हुनाले थप लगानि गर्ने आट आउँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुँने योग रहेकोछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । सामाजिक काम गर्ने सवालमा कामहरु समयमा सम्पन्न नहुँने हुँनाले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन बढीनै समय दिनु पर्नेछ । आर्थिक अवस्था कमजोर रहनाले ऋण लिएर ब्याबहार चलाउँनु पर्नेछ भने बिना काम झमेलामा फस्ने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ । मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ ।

तपाईको दिन शुभ रहोस । ज्योतिषी तारानाथ भण्डारी ।