काठमाडौँ। सामाजिक संजालमा बेला बेला कोहि न कोहि व्यक्तिले केहि न केहि कारणले चर्चा परिचर्चा पाइरहेका हुन्छन ।

त्यस्तै, अहिले युट्युबमा एक २२ बर्षिया युवती चर्चामा छिन । कारण हो उनको साहस निडरता,र संघर्षशील उनको जीवन । उनि हुन् धरानकी २२ बर्षिया हेमा राई । उनको जीवन कथा र संघर्षले धेरैलाई पाठ सिकएको छ । भने उनको काम कर्तव्यले हिम्मत पनि बढाएको छ ।

उनै हुन् ३ महिनादेखि ठमेलको एक होटेलमा सेकुरिटी गार्ड बसिरहेकी हेमा राई । साधारण परिवारमा जन्मेकी उनि परिवारको दुखलाई आत्मा साथ गर्न १० कक्षामा अध्ययन गर्दा गर्दै वैदेशिक रोजगारको लागि ईराक पुगेकी थिइन् ।

सामाजिक संजाल युट्युबमा उनि निकै भाइरल भएपछि उनको चर्चा ह्यात्तई चुलियो । उनको जीवन संघर्षलाइ देखेर कतिले सहयोग समेत गरे। उनको यहि साहस र सुन्दरतालाइ देखेर अब म्युजिक भिडियोमा समेत देखिने भएकी छिन । डेनी लिम्बुको शव्द र जिविहाङ्ग राईको संगीतमा सुनिल छिदालको स्वरमा रहेको “मैना रानी”गीतको बोलमा यति बेला छायांकन भैरहेको छ। सेकुरिटी गार्ड हेमाको यो पहिलो म्युजिक भिडियो हो । उनलाई म्युजिक भिडियोमा ल्याउने चर्चित गायक तथा संगीतकार जिविहाङ्ग राईले हुन् । सुनिल छिदाल पनि सेकुरिटी गार्डबाटै मिठो गीत गाएर चर्चामा आएका हुन् । अस्मिता राईको कोरियोग्राफरमा हेमा र सुनिलको अभिनय देख्न पाइन्छ । हेर्नुहोस यो सुटिङ्ग रिपोर्ट: