खोटाङ्ग । करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका कृष्ण ओलीको कथा व्यथा सामाजिक संजाल भरि भाइरल भएपछि उनलाई आर्थिक सहयोग रकम धेरै जुट्यो । जसले अब उनले हात र खुट्टा लगाउने तयारीमा छन् ।

त्यस्तै,खोटाङ्गका हरिकाजी ढुंगानाको कथा पनि उस्तै छ । ११ हजार भोल्टको करेन्टले उनको दुई वटा हात र एउटा खुट्टा गुमाउनु पर्यो । दिक्तेल नेर्पा रामपुरका हरिकाजी बैदेशिक रोजगार गएका उनि आफ्नै ठाउमा केहि गर्छु भनेर स्वदेश फर्के । फर्केपछि उनले खोटाङ्ग दिक्तेल विद्युत प्राविधिकरण शाखामा ज्यालादारी कर्मचारीको रुपमा काम गर्न थाले । उनको क्षेत्र अर्खौले गा.वि.स. हाल हलेसी चुवाचुङ्ग काम अग्र्दै आएका थिए । एक दिन विजुली बिग्रिएर बनाउने क्रममा ११ हजार भोल्टको करेन्टल लाग्यो । ति दिनलाई सम्झेर उनि अन्तर्वार्ता मै भक्कानिएर रोए । बाकी भिडियोमा हेर्नुहोस: