वि.सं.२०७५ साल माघ १८ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि दुवादशी,३३ घडी ५५ पला,बेलुकी ०८ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । करण कौलव,बिहान ०७ बजेर ५६ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८बजेर २७ मिनेट उप्रान्त गर । नक्षत्र मूल,३९ घडी ३७ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त पूर्वाषाडा । योग व्याघात,०३ घडि ०३ पला,बिहान ०८ बजेर ०६ मिनेट उप्रान्त हर्षण ।आनन्दादिमा स्थिर योग । चन्द्रराशि धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ०५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने घर परिवारमा आफन्तबिच सानो सानो कुरामा बिवाद बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने भएपनि खानपानमा तालमेल नमिल्ला स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।