काठमाडौँ, २५ माघ । विभिन्न प्रदेशहरुको नामाकारण के गर्ने भन्ने टुंगो नलागी रहेको बेला एक नम्बर प्रदेशलाई “किरात प्रदेश” नामकरण गर्नु पर्ने विभिन्न तह र तप्काबाट आवाजहरु उठेको छ । यसको बारेमा किरांत राई यायोख्खाले त अभियान नै चलाईरहेको छ । यसै विषयमा लागी परिरहनु भएका “नेपाल राष्ट्र निर्माण अभियान” को अभियनता किवाङ हाङ राई जो अधिवक्ता पनि हुनुहुन्छ उहाले पनि विभिन्न शिर्ष व्यक्तित्वहरुलाई भेटेर १ नम्बर प्रदेश किराँत प्रदेश हुनु पर्छ भन्दै ज्ञापनपत्र दिदै आउनु भएको छ ।

यसै क्रममा राईले माननीय राम नारायण बिडारीलाई भेटेर उहा मार्फत सबै माननीयहरुमाझ एक नम्बर प्रदेश ‘किराँत प्रदेश’ हुनु पर्छ भन्ने ज्ञापनपत्र बुझाउनु भएको छ । ज्ञापनपत्र लिने क्रममा बिडारीले एक नम्बर प्रदेशलाई पहिचानको आधारमा ‘किराँत प्रदेश’ नै राख्नु पर्ने बताउनु भएको छ । किराँत नाम एतिहासिक सभ्यता भएको हुनाले यसबाट कोहि पनि बिचलित हुनु नपर्ने उहाको तर्क रहेको छ । अझै पनि बुढापाकाहरुले ओल्लो किराँत, पल्लो किराँत, माझ किराँत भनेर पुर्वान्चलका ठाउहरुलाई जान्दछन – उहाले थप्नु भयो ।

भिडियो हेर्नुहोस ।