काठमाडौँ। चर्चित हास्यकलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यति बेला मलेसियामा टुरमा छन्। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाको विभिन्न शहरमा सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ  कार्यक्रमको आयोजना गरिएको छ ।

धुर्मुस सुन्तलीको साथमा चर्चित लोकगायक बद्री पंगेनी, आधुनिक गायीका मेलिना राई, लोक गायीका सम्झना भण्डारी पनि संगै रहेका छन् । उनीहरुको  क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको थियो । जहा हलभरी दर्शकहरु उपस्थित थिए ।

क्वालालम्पुर र पेनाङपछि अब फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ ।

धुर्मुस सुन्तलीले क्रिकेट रंगशाला बनाउने घोषणा गरेसंगै यो सरकारको काम हो भन्दै केहि व्यक्तिले यसको बिरोध गरेका थिए । तर मलेसियामा दर्शकले धुर्मुस सुन्तलीलाई साथ दिएको स्पष्ट देख्न सकिन्छ । करिब ३ अर्ब रुपैयाको ठुलो बजेटमा निर्माण हुन लागेको देश कै गौरब अन्तरास्ट्रिय स्तरको रंगशाला निर्माणका लागी देश विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुले सहयोग गर्नेमा विस्वस्त भएको उनीहरु बताउछन ।

धुर्मुस सुन्तली मलेसिया पछी अब विश्वभरका अन्य देशहरुमा पनि कार्यक्रम लिएर जाने योजनामा छन ।

मलेसियामा भएको कार्यक्रमको केहि तस्बिरहरु हेर्नुहोस :