सिन्धुली घर भएकी कल्पना बस्नेत खड्कालाई आफ्नै भन्जाद्वारा यौनदुर्ब्यबहार तथा हत्या गर्ने प्रयास गरेका घट्ना सार्वजनिक भएको छ। उनका भान्जा अनिस थापाले पटकपटक उनलाई यौन प्रस्ताब गरिरहेकी थिए। विगत दुई वर्ष देखि नै बलात्कार गरेर मार्दिन्छु भन्दै धम्कि दिईरहे पनि आफुले वास्ता नगरेको उनी बताउछिन्। कतैबाट पनि न्याय नपाएको कारण न्यायको खोजी गर्दै उनी र उनका श्रीमान काठमाडौँ आएका हुन। २३ गतेको दिन सिन्धुली कमलामाई नगरपालिका लक्षुमण चोकस्थित सडकमै भान्जाले उनीमाथि हमला गरेको उनको आरोप छ। उनी भन्छिन, ‘तैले अश्लिल फोटो किन पठाईनस। यौन प्रस्ताब सहर्ष किन अस्विकार गरिस भन्दै उनले टेनिसको ब्याटले ठाउँकोमा प्रहार गरे।