कुलतमा लागेर आफ्नो घर–परिवार, आफन्त शुभचिन्तक सबै गुमाएका समाजसेवी विनयजंग बस्नेतले पछिल्लो समय सबैको मन जित्ने काम गर्दै आएका छन् । अहिले उनी बेवारिसेहरूको अभिभावक बन्दै आएका छन् ।उनले आफ्नो अंशका परेको जग्गा बेचेर बेवारिसे लासको सद्गत गरिरहेका छन् । उनी भन्छन्, ‘ बेवारिसे लासकाे सद्गत गर्दा गर्दै मेरो भागमा परेको जग्गा पनि सकिन लाग्यो, तर अभियान रोकिन्न ।’ उनले राज्यले गनुपर्ने कर्म एउटा व्यक्तिले गरिरहेको छ । यस्तो विषयमा राज्यको आँखा पर्दैन ।

बिहीबार मात्रै उनले सात वटा डुगडुङ्ती गनाउने बेवारिसे लास पशुपति आर्यघाटमा जलाए । काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकामा भेटिएर शिक्षण अस्पतालमा महिनौँदेखि थन्किएर रहेका बेवारिसे लासकाे सद्गत एकैसाथ विधिगत रुपमा दाहसंस्कार गरे । पशुपति आर्यघाटमा एकै चोटी जल्यो ७ वटा शव, हेर्नेको घुइचो, मन थामेर हेर्नुस…हेर्नुहोस् भिडियो