दमक झापा । झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।

करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् । सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा मैले देखे उनको त्यो जादुमय स्वरले मलाई मार्मिक बनायो किनकि बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँदै थिए । बिक्रम लावतीको यस्तो प्रतिभा देखेपछि म र मेरा ३ जना साथी मिलेर पाँचथर जिल्लाको मौवामा बिक्रमको घर गयौ । झापाको दमकमा अशोक दर्जी संग बिक्रम को भेट भयो । भेट पश्चात बिक्रमको गित सुनेर अशोक छक्क परे ।तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।