काठमाडौं, २६ चैत्र । राप्रपाबाट प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनलाई अज्ञात समुहले ज्यान मार्ने धम्की दिएको छ ।

कुनै अज्ञात व्यक्तिले फाेन गरेर सांसद लिङ्देनलाई ५० लाख रुपैयाँ फिरौती मागेको र यदि फिरौती नदिए ज्यान मार्ने धम्की दिइएको हो ।

सांसद लिङदेनले आफूलाई ५० लाख माग गरिएको र नदिएमा ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले भने, ‘५० लाख नदिए ज्यान मार्ने धम्की आएको छ । प्रहरीलाई खबर गरेको छु । सबै कुरा गर्दा प्रहरीलाई अनुसन्धानमा अफ्ठेरो पर्न सक्छ ।’

‘के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान त ?’, उनले प्रश्न गरे, ‘ के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिंडछ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसंग होला ?’