बिराटनगर, २६ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा विराटनगर नगर अध्यक्ष छानिएका छन् ।

उपेन्द्रको प्रभाव क्षेत्र विराटनगरमा भएको नगर अधिवेशनबाट ३१ वर्षीय अमरेन्द्र यादव अमरेन्द्र जिल्ला अध्यक्ष चुनिएका हुन् ।

चैत २३ गते राति भएको चुनावमा उनले प्रतिद्वन्द्वी उम्मेदवार मो. समिम कमरलाई २२ मतले हराएका हुन् । अमरेन्द्रले ११२ मत ल्याए भने कमरले ९० मत पाए । केन्द्रीय सदस्य उमेश यादवका अनुसार ८ मत बदर भएको थियो ।

एसएलसी पास गरेपछि भारत पढ्न गएका अमरेन्द्र केही वर्षयता फोरम नेपालको युवा संगठनमा थिए । युवा फोरममा केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै अमरेन्द्र पार्टीको विराटनगरको नगर अध्यक्ष निर्वाचित भएका हुन् । फोरमको आधारभूमि विराटनगर अध्यक्ष यादवको गृह र निर्वाचन क्षेत्र पनि हो ।