काठमाडौँ, २६ चैत्र । नेपाली बजारमा आइतबार यता लगातार बढिरहेको सुनचाँदीको मुल्या आज मंगलबार पनि बढेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रति तोला ६० हजार ३ सय रुपैयाँमा किनबेच भएको छ । आजको मूल्य सोमबारको तुलनामा ३ सय रुपैयाँ बढी हो । आज तेजावी सुनको मुल्य भने प्रतितोला ६० हजार रुपैया कयम भएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले बढेको छ । सोमबार प्रतितोला ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज प्रति तोला ७ सय ४० रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।