काठमाडौँ। अर्घाखाँची दुर्घटनाका घाइते भन्छन्–चालक र सहचालक केटीसँग जिस्किँदा जीप दुर्घटना भयो । बुटवल २६ चैत अर्घाखाँचीमा सोमबार दिउँसो सन्धिखर्कबाट खिल्जीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य र ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना तथा सन्धिखर्क नगरपालिका १२ डिभर्नाका ४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।पछिल्लोपटक मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नंं १२ डिभर्नाकी ३० वर्षीया बिष्णुमाया श्रेष्ठ हुन् ।

श्रेष्ठको युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो ।दुर्घटनामा घाइते सोनु शाहीले चालक र सहचालक युवतीसँग जिस्किँदै गर्दा दुर्घटना भएको बताएकी छन् । प्रहरीले भने उकालोमा ब्रेक फेल भएर जिप सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरेको छ।

घाइते मध्यको एक महिलाको बयान सुन्नुहोस :