काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ।

एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन्।

यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ। कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्धारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्।

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

यसैबीच कार्यक्रमको २८ औ एपिसोड पनि सार्बजनिक भएको छ। हेर्नुहोस को बन्छ करोडपतिको २८ औ एपिसोडको पुरा भिडियो ।