काठमाडौं, २६ चैत्र । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ती जारी गर्दै राप्रपा नेता कार्यकर्तामाथि प्रहरीले प्रहार गरेको लाठीचार्जप्रति आपत्ती जनाएको हो ।

राजनीतिक दल र आम नेपालीले स्वतन्त्रता तथा शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई वर्तमान सरकारले दमन गरी संविधान प्रदत्त हक अधिकारलाई खोस्ने कार्य गर्न खोजेको काँग्रेसको आरोप छ ।

बिज्ञप्ति हेर्नुहोस्-