काठमाडौँ । चर्चित जितु नेपाल टेलिभिजनमा फर्किएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नामक स्केच कमेडी र सेलिब्रेटी टक सो फर्म्याटमार्फत उनी टेलिभिजनमा फर्किएका हुन् । उनी यस कार्यक्रम मार्फत हरेक हप्ताको सोमबार साँझ ८:५० बजे एनटिभीमा आइरहेका छन् ।

जिरे खुर्सानी बन्द भएपछी स्टेज शो र विदेश शोमा मात्र देखिएका जिरे खुर्सानी मुन्द्रेको कमेडी क्लव लिएर टेलिभिजनमा फर्किएका हुन्। टिभी सिरियल बन्द भएपछि उनि विभिन्न चलचित्रमा पनि ब्यस्त भएका थिए । मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला रहेकी छन् ।

‘मुन्द्रेको कमेडी क्लब’ मा जितु संगै राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई (फुलन्देकी आमा) र पछिल्लो समय लुनिभा तुलाधर (पवनकली) पनि शोमा सामेल भएका छन ।

भिडियो हेर्नुहोस :