काठमाडौँ । गंगनम स्टाइल पछी अहिले फेरी अर्को कोरियन म्युजिक भिडीयोले विश्वभर चर्चा कमाउदै छ। दक्षिण कोरियाको एक महिला ब्याण्डको गीत ‘किल दिस लभ’ले युट्युबमा नयाँ रेकर्ड बनाएको हो । यो गीतले युट्युबमा सबै भन्दा कम समयमा १० करोड भ्युज पाएर नयाँ रेकर्ड बनाएको हो ।

साथै यस गीतले गंगनम स्टाइलको गीतबाट चर्चामा आएका कोरियाली पप स्टार साइको रेकर्ड समेत तोडेको छ । युट्युबमा रिलिज भएको २४ घण्टामा यस गीतलाई ५ करोड ६७ लाख पटक हेरिएको थियो । यो समाचार तयार पार्दा सम्म यस गितलाई करिब १४ करोड पटक हेरीसकिएको छ ।

रिलिजको २४ घण्टामा अहिलेसम्म धेरै पटक हेरिएको अरियाना ग्रान्डेको ‘थ्याँक्यु’ को रेकर्ड तोड्दै २४ घण्टामा धेरै हेरिने गीत समेत बनेको छ । युट्युबमा अहिलेसम्म २४ घन्टामा धेरै हेरिने गीतमा ब्ल्याक पिंकको ‘किल दिस लव’ ५ करोड ६७ लाख, दोस्रोमा आरियाना ग्राण्डेको ‘थ्याँक्यु’ ५ करोड ५४ लाख, बिटीएसको आइडियलको ४ करोड ५९ लाख, त्यस्तै टेलर स्विफ्टको ‘लुक ह्वाट यू मेड मी’ को ४ करोड ३२ लाख रहेको छ ।

सन् २०१६ मा बनेको कोरियाको यो महिला ब्याण्डमा जिसु, जेनी, रोज र लिसा सदस्य रहेका छन् । यस ब्याण्डले सन् २०१६ मा स्क्वायर नामक एल्बम निकालेको थियो जसलाई कोरियामा निकै मन पराइएको थियो । यस ब्याण्डको सन् २०१८ मा पनि डु-डु-डु-डु नामक गीत दक्षिण कोरियामा युट्युबमा धेरै हेरिने गीत बनेको थियो । अहिले रिलिज गरिएको यस गीत ‘किल दिस लब’ लाई उनीहरुले कोरियाली र अंग्रेजी भाषामा गाएका छन् ।

सुरुवात मै यत्ति हिट भएपछि यो गितले विश्वभर नया तरंग ल्याउने अनुमान गरिएको छ ।

भिडियो हेर्नुहोस :