काठमाडौ, २६ चैत्र । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का सभापति तुलसी रेग्मीका एकमात्र छोरा बिदुर रेग्मीको असामयिक निधन भएको छ ।

स्याङ्जाका नेबिसंघका नेता समेत रहेका २९ बर्षिय बिदुरको पोर्चुगलको राजधानी लिस्बनको अप्रिल ६ तारिखका दिन निधन भएको हो ।

रेग्मी सन् २०१६ देखि पोर्चुगल बस्दै आएका थिए । केही बर्षदेखि उनी फोक्सोको समस्याले उपचारार्थ थिए । तर उनको मृत्यु मुलरुपमा हर्ट अट्याकबाट भएको प्रारम्भिक रिपोर्टको अनुमान छ । स्याङ्जा जिल्ला घर भएका रेग्मी परिवारका एकमात्र छोरा थिए ।

परिवारको आग्रहमा उनको शवलाई नेपाल पठाउने तयारी गरिरहेको एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताए ।