सप्तरी, २६ चैत्र । सोमबार रातीदेखि हराइरहेकी एक बालिका मृत फेला परेकी छिन् ।

सप्तरी बोदे बर्साइन नगरपालिका–९ की बालिका आज मृत फेला परेकी हुन् ।

घरबाटै एकाएक बेपत्ता भएकी सुरेन्द्र यादवकी छ वर्षीया छोरी आरतीकुमारी मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरतीको शव स्थानीय रामप्रसाद यादवको पोखरीमा आज फेलापरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।