जाजरकोट, २७ चैत । नेत्रविक्रम चन्द नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ । खड्कालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको जनाइएको छ । रासस