भोजपुर, २७ चैत । पौवादुङमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ । वडा नं ४ बास्तिम बस्ने १९ वर्षीया किशोरी जानुका थापा मङ्गलबार आफ्नै भान्सा कोठामा घाँटीमा धारिलो हतियार प्रयोग भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

हत्याको आशङ्कामा श्रीमान् १९ वर्षीय रमेश पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताउनुभयो । शवको आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । जानुकाको दुई महीनाको बच्चासमेत रहेको छ । रासस