वि.सं.२०७५ साल चैत्र २८ गते । बिहिबार । ईश्वी सन् २०१९ अप्रिल ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि षष्ठी,१६ घडी ५९ पला,दिउँसो १२ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । करण तैतिल,दिउसो १२ बजेर ३४ मिनेट उप्रान्त गर,रातको ११ बजेर ४४ मिनेट उप्रान्त वणिज ।नक्षत्र मृगशिरा,०७ घडी १९ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त आद्र्रा । योग शोभन,२० घडि ३२ पला,दिउसो ०१ बजेर ५९ मिनेट उप्रान्त अतिगण्ड । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ३९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा नजिक हुने समय रहेपनि बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ । आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु रिनो गर्न सकिने हुदा मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ । शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा तरल पदार्थको व्यापार फस्टाएर जानेछ भने आफन्त तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग मार्फत आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । खर्चको तुलनामा आम्दानि बढिनै हुदा आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।