काठमाडौँ, १ बैशक ।  सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किए दुर्घटना भएको छ। लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ‘एल १०’ कलसाइनको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा परी समिट एयरको कोपाइलट र विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरी जवान असईको पनि मृत्यु भएको छ। मृतकको सनाखत भने हुन सकेको छैन ।

नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार तेन्जिङ-हिलारी विमानस्थलमा भएको घटनाको पुष्टि गर्दै उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको बताए।

प्रत्यक्षदर्शीहरूका अनुसार अवतरण गर्ने क्रममा चिप्लिएर मनाङ एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बरहरु पनि सामान्य घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ। लुक्लामा दैनिक दर्जनौ उडान हुने गर्दछ ।

थप विवरण आउन बाकी ।