काठमाडौँ, ५ बैशाख । आफ्नै छोरीको पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन ।

आफ्नै १७ वर्षीया छोरीलाई विगत सात वर्ष देखि डराई धम्काई बलात्कार गर्दै आएको भनि किटानी जाहेरी परेपछि उक्त आधारमा चरिकोटबाट बाबुलाई पक्राउ गरेको दोलखा प्रहरीले बताएको छ । छोरी स्वयमले बाबुबाट बलात्कृत भएको भन्दै जाहेरी दिएकी हुन् ।

बलात्कारको अभियोग लागेका बाबुलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी दोलखाले जनाएको छ ।