काठमाडौं, ६ बैशाख । शुक्रबार साँझ आएको हावाहुरीले ललितपुरको झम्सिखेलमा रुख ढल्नुका साथै बिजुलीको पोलहरु पनि ढलेका छन् ।

पानिसँगै आएको हावाहुरी ठूलो रुख ढल्दा झम्सिखेल आसपासका क्षेत्रहरुमा विद्युत् अवरुद्ध भएको छ । रुख ढल्दा बिजुलीका पोलहरु भाँचिएको कारण विद्युत् अवरुद्ध भएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उक्त घटनामा कुनै पनि मानवीय क्षति भएको छैन ।

तस्बिर हेर्नुहोस्-

(तस्वीरहरू : पवित्रा गुरुङको फेसबूकबाट)