काठमाडौँ । म:म भनेपछि हरेक नेपालीको मुख रसाउछ । दाल भात तरकारी पछी धेरै खाइने खाना मध्येमा पर्दछ म:म ।

तर बढ्दो महंगीसंगै खाने कुराको मूल्य पनि अबश्य बृद्दी हुने नै भयो । त्यसैले काठमाडौँ उपत्यका भित्र म:म को मूल्य फुटपाथमा लगभग सय रुपैया प्रति प्लेट पर्दछ भने होटेल रेस्टुरेन्टमा दुई सय देखि पांच सय रुपैया सम्म लिने गर्दछन । अब यहि निर तपाईलाई काठमाडौँ मै प्रति प्लेट २५ रुपैया मै म:म खान पाइन्छ भन्दा पत्यार नलाग्न पनि सक्छ । तर यहि हो सत्य ।

काठमाडौँको बसन्तपुर क्षेत्र भित्र एक यस्तो म:म पसल छ जहा मात्र २५ रुपैयामा म:म पाउन सकिन्छ । हिजो आजको महंगीमा पनि मात्र २५ रुपैयामा म:म दिने ब्यापारी बाजेको उमेर ६५ वर्ष भयो । उहासंगै श्रीमतीले पनि ब्यापारमा साथ दिएका छन । उनले बर्षौ देखि त्यहि ठाउँमा म:म बेच्दै आइरहेका छन । अरुले बढाएर सय डेड सय प्रति लिन थाले पनि उनले भने त्यसो गरेका छैनन् ।

आउनुहोस उहाको म:म पसल हेरौ :