काठमाण्डौको गोङ्गबु बस पार्क बाट बानियाँ टार रोड भई २.३ कि.मी. दक्षिण तर्फ लागेपछी आउँछ सुखावती स्टोर । त्यो पसल हेर्दा सामान्य पसल जस्तो देखिन्छ । यहाँ किताब, कपडा, भाँडाकुँडा र कम्प्युटर देखी अन्य धेरै उपयोगमा आउने बस्तु सामाग्री राखिएको छ । अरू पसल भन्दा यो पसल यसका रणले गर्दा भित्र छ कि यहाँ भएका सामाग्रीको मूल्य रू १० रुपैयाँ बाट सुरु हुन्छ । यहाँ सामानको गुणस्तर र अवस्था हेरेर त्यसभन्दा माथि पनि मूल्य तोकिएको छ ।बेच्न राखिएका सामान नयाँ भने होइनन् । सेकेण्ड ह्यान्ड हुन् । ।

प्रयोगमा आइसकेका पुराना तर, अझै पनि प्रयोग गर्न मिल्ने सामाग्रीहरु डोनेसनका रुपमा लिएर बेचिरहेको छ सुखावती स्टोरले । हाम्रो समाजमा अझै पनि एक तहका यस्ता व्यक्ति छन् जो दोहो-याएर लुगा र चप्पल लगाउँदैनन् । ग्याजेट र इलेक्ट्रोनिक्सका नयाँ मोडल र अप्ग्रेडेड भर्जन पर्खेर बस्छन् । घरलाई ‘न्यू लुक’ दिने भन्दै केही वर्ष प्रयोग गरेका पर्दा, कार्पेट, भाँडाकुँडा स्टोर रुममा थन्काउँछन् । त्यस्तै अर्को तह यस्तो पनि छ जसको शरीरले कैयौं हिउँद एउटै स्वीटर १० ठाउँ टालेर गुजारेको हुन्छ । जोसँग अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने कुनै उपाय हुँदैन । जसका सीमित आवश्यकता पनि ‘मन’ मा नै गुम्सिएर थन्किन्छन् । सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ । भिडियो हेर्नुहोस्