काठमाडौँ,२ जेठ । खोटाङ, ऐसेलुखर्क गाउपालिका वाड न.४ जलेश्वरी निवासी बर्ष ६० का जगत बहादुर राई काठमाडौँको कपन एकताबस्ति ज्योतिनगरपुलबाट बासबरी पिपलबोट जाने क्रममा हराएका हुन् ।

करिब एक महिना अघि टाउकोको उपचार गर्न काठमाडौँ आएका राई हिजो जेठ १ गते बुधबार कपन एकताबस्ति ज्योतिनगरपुलबाट बासबरी पिपलबोट जाने क्रममा हराएको उनका छोरी बिनिता राईले बताएका छन् । करिब ५ फित २ इन्च अग्ला गहुगोरो रङ्ग,कालो टोपी,खरानी रङ्गको ट्राउजर,कालो ज्याकेट लगाएका राई बिरामी अवस्था र मोबाइल फोन नभएका कारण खोज्न समस्या परेको हो ।

हराएका व्यक्ति जगत बहादुर राई,हुलिया

 

हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यलय अथवा निम्नसम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गर्नुहोस:

बिनिता राई (छोरी) मोबाइल नम्बर : ९८२३०५८३८८ (9823058388)

मुना राई (बुहारी)मोबाइल नम्बर : ९८१५९०७२८६ (9815907286)