काठमाडौं, १० भदौ । युवाहरुको रोजाईको बाइक केटीएमले नया मोडल नेपालमा पनि सार्बजनिक गरेको छ । आज बुधबार नाडा अटो शोमा  नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले कम मूल्यको तर अत्याधुनिक फिचर सहितको ड्यूक १२५ सार्वजनिक गरेको हो ।

१२५ सिसिको बाइक भएपनि यसको पावर बजारमा उपलब्ध १५० सिसिको बाइकलाई पछी पार्ने खालको रहेको छ । ड्यूक १२५ मा १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ। जसले  ९ हजार २ सय ५० आरपीएममा १४.५ बीएच पावर उत्पादन गर्छ भने ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ ।

सुरक्षालाई विशेष ध्यानमा राखेर यसमा एबिएस पनि उपलब्ध छ जुन १२५ सिसि सेग्मेंटको बाइकमा पहिलो हो । ६ स्पीड गियरबक्सको इन्जिन लगाइएको यस बाइकको इन्स्ट्रुमेन्ट कन्सोल पनि अत्याधुनिक रहेको छ । त्यति मात्र हैन यसमा रहेको टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर जस्ता फिचरले यस बाइकलाई निक्कै आधुनिक बनाएको छ । टप स्पिड १२० किलोमिटर रहेको यस बाइकको तौल १४८ किलोग्राम मात्र रहेको छ ।

यत्तिका धेरै पावर जेनेरेट गरेपनि यस बाइकमा रहेको फ्युल इन्जेक्सन सिस्टमले गर्दा प्रति लिटर ४५ किलोमिटरको माइलेज दिने कम्पनिको दावी रहेको छ । फ्रन्ट अफसाइड डाउन फोर्क र रियर मोनोसक सस्पेन्सनले गर्दा यसमा सवारी निक्कै आरामदायी रहने पक्का छ ।